:सपनीमा ब्यूंझाउन आउने विपनीमा देख भेट नहुने बल्लै भो भेट..... सपनीमा चुनु र मुनु विपनीमा रैछ नि भेट हुनु.. बल्लै भो भेट हांसी देउ बोली देउ खोली मनपेट : आज आको तपाईंको निम्तीमा टाढाबाट ओराली घुम्तीमा त्योसो नभन जाउला नै बारम्वार तिमी पिपल म हुन्छु लर्के बर सांझको ११ बज्दै थियो जव हामी दुबईबाट वसमा चढेर झिलीमिली सडक र रंगी चंगी भवनका विचमा यूएईको अति ब्यस्त सडक शेखजायद रोडतिर लाग्यौ । बाहीरी वातावरण अती सुन्दर थियो । विश्वको सवैभन्दा अग्लो टावर बुर्ज खलीफाबाट फ्यांकीएका बत्तीका फोहोराले एक किसिमको आनन्द दिदै थियो । शेखजायद रोडको दायां पट्टी खचाखच यात्रुहरुलाई बोकेर बिना चालक मेट्रो रेल आफ्नै गतिमा कुदीरहेको थियो भने बेला बेलामा स्टेशनमा घ्याच्च घ्याच्च रोकिन्थ्यो । वायांतिर विभिन्न सप्तरङ्गी रङ्गमा परिवर्तन गर्दै बुर्ज अलअरब होटलले आफ्नो स्वरुप देखाउदै थियो । बाहिर बत्तिका उज्यालोले झलमल्ल थियो, सडक व्यस्तताले रनफनिरहेको थियो । एक आपसमा भागाभाग जस्तै चिल्ला गाडीहरु कुदिरहेका थिए । विभिन्न आकारका ...