Skip to main content

Posts

दोहोरी गीतमा झुमेको त्यो अबिस्मरणीय सांझ

 :सपनीमा ब्यूंझाउन आउने विपनीमा देख भेट नहुने बल्लै भो भेट.....     सपनीमा चुनु र मुनु विपनीमा रैछ नि भेट हुनु.. बल्लै भो भेट हांसी देउ बोली देउ खोली मनपेट  :   आज आको तपाईंको निम्तीमा टाढाबाट ओराली घुम्तीमा          त्योसो नभन जाउला नै बारम्वार तिमी पिपल म हुन्छु लर्के बर सांझको ११ बज्दै थियो जव हामी दुबईबाट वसमा चढेर झिलीमिली सडक र रंगी चंगी भवनका विचमा यूएईको अति ब्यस्त सडक शेखजायद रोडतिर लाग्यौ । बाहीरी वातावरण अती सुन्दर थियो । विश्वको सवैभन्दा अग्लो टावर बुर्ज खलीफाबाट फ्यांकीएका बत्तीका फोहोराले एक किसिमको आनन्द दिदै थियो । शेखजायद रोडको दायां पट्टी खचाखच यात्रुहरुलाई बोकेर बिना चालक मेट्रो रेल आफ्नै गतिमा कुदीरहेको थियो भने बेला बेलामा स्टेशनमा घ्याच्च घ्याच्च रोकिन्थ्यो । वायांतिर विभिन्न सप्तरङ्गी रङ्गमा  परिवर्तन गर्दै बुर्ज अलअरब होटलले आफ्नो स्वरुप देखाउदै थियो । बाहिर बत्तिका उज्यालोले झलमल्ल थियो, सडक व्यस्तताले रनफनिरहेको थियो । एक आपसमा भागाभाग जस्तै चिल्ला गाडीहरु कुदिरहेका थिए । विभिन्न आकारका ...
Recent posts

नयाँ बर्ष 2068 मम्जार पार्कमा

  नेपाली पात्रोअनुसार बैषाख २ गते २०६८ लागीसकेको थियो पहिलो दिनमा प्रवासमा डिउटीकोकारण दोश्रोदिन शुक्रवार केही नेपालीहरुको आग्रहमा पिकनिक जाने योजना भयो । योजना मुतावीक कविर बिहानको ९ बजे साथीहरुसंगको भेटपछि हामी अबुधावीदेखी दुबई तर्फ हुईकियौं । मरुभूमिको तापकक्रम कमै थियो निलो आकाश कालो वादलले ढाकिएको थियो बाहीरी मौशम चिसो थियो ।  लाग्थ्यो नेपाली नयाँ बर्ष बदलिएकोले यहाँको मौशम पनि बदलिन लागेको हो कि भन्ने । करिव ४५ जना नेपालीहरुको बीचमा ४ जना महिलाहरु पनी थिए आखा लोभी हो की मन मन पापी हो थाहा भएन तर नजर खाली त्यतै दौडन्थे प्रष्ट थाहा हुन्थ्यो प्रवासीको पिडा ति आँखा जुधाईबाट । अबुधावीको मुख्य शहरमा नेपाली लोकसंगीतलाई झल्काउने मादल घन्केको थियो बस भित्र भने मिठो नेपाली लोकगीत बजेको थियो माईकमा । बाहीरी वातावरण पनि हरियाली अनी आकाशपनी मडारीरहेको हुँदा नेपालकै कुनै ठाउँको यात्रामा निस्किएको आभास हुन्थ्यो । परिचित साथीहरु थोरैमात्रमा भएको हुनाले बसभित्र एक किसिमको उकुसमुकुस भएको थियो एकैक्षणमा एउटा पाजेबाजाको तालमा गीत घन्कीयो जाउँ है माया परदेशमा मिनीबसैमा आउदा रेलैमा मेरो मन चस...

ओस्लोमा इन्द्रजात्रा महोत्सव २०२६ आयोजना हुँदै

  ओस्लोमा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित  इन्द्रजात्रा महोत्सव २०२६ आयोजना हुने भएको छ। कार्यक्रमबाट संकलित सहयोग रकम नेपालका  भोटेकोशी बाढीपीडितको सहयोगका लागि उपयोग गरिने आयोजकले जनाएको छ। महोत्सवमा नेवारी संस्कृतिको विशेष आकर्षणका रूपमा परम्परागत  ‘समय बजी’  समेत खुवाइनेछ। कार्यक्रम  आइतबार, ४ अक्टोबर २०२६  का दिन  Veitvetveien 8, Oslo 0596  मा आयोजना हुनेछ। कार्यक्रममा सहभागी हुन  NOK 200 योगदान शुल्क  तोकिएको छ, जसमा खाना  समेत समावेश गरिएको छ।  १२ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि भने प्रवेश निःशुल्क  रहनेछ। सहयोग तथा योगदानका लागि  Vipps:  48664075  (Anjeela Sthapit)  मा रकम पठाउन सकिनेछ। कार्यक्रमसम्बन्धी थप जानकारीका लागि  अञ्जिला स्थापित ( 48664075 )  वा  रूपेश श्रेष्ठ ( 97350865 )  लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।